हाम्रो साझेदार बन्नुहोस्

आईसीइएस पार्टनर प्रोग्राममा रुचि लिनु भएकोमा धन्यवाद !

 

तपाईँले आईसीइएससँग मिलेर काम गर्ने निर्णय गर्ने बित्तिकै तपाईँ व्यवसायीहरू आदानप्रदान गर्ने संस्थाहरूको विश्वव्यापी साझेदार संजालको अंग बन्नुहुन्छ ।

आवश्यकताः

  • विद्यार्थीलाई सहयोग

आईसीइएस पार्टनरको हैसियतले तपाईँले हरेक नयाँ भर्ना र काममा लगाउने प्रक्रिया (recruitment process) मा विद्यार्थीलाई सहयोग गर्नु पर्छ । साथै कार्यक्रमको अवधिमा

  • पनि तपाईँले उनीहरूलाई सघाउनु पर्छ ।  

कार्यक्रमको समन्वय  

पहिलो कदम निवेदन दिने प्रक्रियामा विद्यार्थीहरूले सोध्न सक्ने सबै प्रश्नको जवाफ दिनु हो । हाम्रा साझेदारहरूले विद्यार्थीहरूलाई सघाउनु पर्छ र कार्यक्रमका नियमअनुसार उनीहरूलाई चाहिने कागतपत्र दुरुस्त पार्न र अन्तर्वार्ता दिन सक्ने बनाउनका लागि विद्यार्थीलाई मदत गर्नु पर्छ । साझेदारले सबै खर्च व्यहोर्नु पर्छ र अभिमुखीकरण भेला (Orientation Meeting) आयोजना गर्नु पर्छ । विद्यार्थीको सन्तुष्टि हाम्रा साझेदारको प्राथमिता हुनु पर्छ ।

प्रशिक्षण

साझेदारको कर्तव्य राम्रोसँग पालन गर्नका लागि आईसीइएसले प्रशिक्षणको आयोजना गर्छ जसले कार्यक्रमकोबारेमा सबै आवश्यक जानकारी, कागतपत्र र आईसीइएसको मापदण्ड (standard) बारे जानकारी दिन्छ । प्रशिक्षणको आयोजना हाम्रो मुख्य कार्यालयमा वा साझेदारको कार्यालयमा गरिन्छ ।
हाम्रो साझेदार बन्ने तपाईँको इच्छा भए कृपया साझेदार प्रश्नावली भर्नुहोस् र यो ठेगानामा पठाउनुहोस् office@ices-europe.org  हामीलाई तपाईँको यो फार्म प्राप्त भएपछि आईसीइएसबाट कसैले सम्पर्क गरेर अगाडि गर्नुपर्ने सहयोग र फाइदाको बारेमा कुरा गर्नेछ ।