काम र भ्रमण

कार्यक्रमको परिचय

काम र भ्रमण (Work and Travel) काम गर्दै अमेरिकाको बारेमा जान्न चाहने विद्यार्थीका लगि तयार पारिएको मिश्रित शैक्षिक कार्यक्रम हो । गर्मी महिनामा अमेरिकी कम्पनीहरुमा कामदारको निक्कै खाँचो हुने हुनाले यो कार्यक्रम संभव भएको हो । यो कार्यक्रमका सबै सहभागीहरुले J-1 भिसा पाउँछन् र अमेरिकामा जुनदेखि मध्य अक्टोवरसम्म वैध रुपमा काम गर्नका लागि आवेदन दिन सक्छन् । तपाईँको अमेरिका बसाई चार महिनाभन्दा लामो हुन सक्तैन भन्ने कुरा कृपया नबिर्सनुहोला ।  

 

अमेरिकामा कानुनी रुपमा काम गर्न र आर्थिक लाभ पाउनुका साथै सम्झौता सकिएपछि ३० दिनसम्म घुम्ने धेरै सम्भावना/अवसर पनि छ । काम र भ्रमण कार्यक्रममा सहभागी हुने निर्णय गर्ने हरेक व्यक्तिले अमेरिकी आप्रवास कानुनअनुसार तपाईँले चार महिना मात्रै काम गर्न सक्नुहुन्छ भन्ने कुरा बुझ्नु पर्छ । त्योभन्दा धेरै समय काम गर्नु गैरकानुनी हो र यसको गम्भीर परिणाम हुन्छ ।

no imageno image 

एउटा संस्थाको हैसियतले आईसीइएस युरोपले यस्तो तरिकाले गर्मीको विदा मनाउने उपायलाई अत्यन्तै राम्रो उपाय ठान्छ । हामीले युरोपभरिबाट विद्यार्थीहरुलाई काममा लगाउँछौँ । यो विभिन्न युरोपेली मुलुकमा साथी बनाउने अनौठो अवसर पनि हो जुन कुरा पोल्याण्डमा बसिरहँदा सम्भव छैन ।

 

काम र भ्रमण कार्यक्रमले विद्यार्थीहरुलाई अमेरिकन कम्पनीहरुमा काम गर्ने तरिका सिक्न सघाउँछ । उनीहरुको व्यस्थापन गर्ने तरिकाको ज्ञान र तपाईँले हासिल गर्ने अनुभव तपाईँको भविष्यको क्यारियरको लागि उपयोगी हुनसक्छ । तपाईँले आफूलाई काममा लगाउने व्यक्तिहरु र सहकर्मीहरुलाई तपाईँको संस्कृति चालचलनबारे जान्ने अवसर पनि दिनु हुन्छ । तपाईँले यस्तो जीवनभरि दिगो रहने सम्बन्ध गाँस्न पनि सक्नुहुन्छ ।

Back to Top

J- 1 भिसा

J- 1 भिसा अ-आप्रवजन भिसा (non-emigration) हो । अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रममा सहभागी विद्यार्थीहरूको लागि यो भिसा दिइन्छ । प्रायोजक संस्थाहरूमार्फत मात्रै यो भिसा पाउन सकिन्छ । यसलाई अमेरिकी सरकारले मान्यता दिन्छ । यो भिसा लिनेहरूले उनीहरूको कार्यक्रमअनुसार कार्यक्रमको अवधिमा अमेरिकामा काम गर्न, अध्ययन गर्न, कसैको सहायक भएर (apprenticeship) काम गर्न, लेक्चर गर्न वा अनुसन्धान गर्न सक्छन् । J- 1 भिसाले अमेरिकामा चार महिनासम्म काम गर्ने अनुमति दिन्छ । त्यो अवधि सकिएपछि सहभागीलाई थप तीस दिन अमेरिकामा बस्ने अनुमति दिइन्छ । यो अवधिभित्र तपाईँले अमेरिकी राज्यका सबै ठाउँ यात्रा गर्न सक्नुहुन्छ । यो तपाईँको रोजाइमा भर पर्छ । यो मल्टिपल भिसा भएको हुँदा DS-2019 को म्याद सकिनु अगावै तपाई मेक्सिको र क्यानाडा गएर अमेरिका फर्कन पनि सक्नुहुन्छ ।  

Back to Top

काम

काम र भ्रमण कार्यक्रममा सबै सहभागीहरु यीमध्यै एउटा विकल्प रोज्न सक्छन् :

पहिलो विकल्पः कम्पनीमा काम गर्ने

धेरै जसो काम मौसमी कामदारहरुको माग हुने पर्यटन क्षेत्र (मनोरंजन पार्क, क्यासिनो, होटल) मा पाइन्छ । जुन देशबाट गएको भए पनि कामको परिमाण र क्षेत्र उही हुन्छ । तपाईँले प्रायः एक हप्तामा ४० घण्टा काम गर्न सक्नु हुन्छ । तपाईँले चाहनु भयो भने ओभर टाइम पनि गर्न सक्नुहुन्छ । तपाईँले एक घंटा काम गरेको १० देखि १२ डलर कमाउनु हुन्छ । एकै दिन दुइ ठाउँमा काम गर्न पनि सकिन्छ । तपाईँको तलब तपाईँ र तपाईँको व्यस्ततामा भर पर्छ । धेरै जसो काम पाइन पदहरु यी हुन् :  

    • वेटर/वेट्रेस
    • लिफ्ट अपरेटर
    • क्यासियर
    • मेन्टेनेन्स स्टाफ
    • फूड सर्भिस
    • कस्टमर सर्भिस
    • सेक्युरिटी
    • हाउस किपिङ
    • होटेल प्रशासन
    • कार्ड डिलर
    • स्लट अपरेटर
    • निजी सहायक (वालेट)
    • बस पर्सन
    • होस्टस
    • फ्रन्ट डेस्क

दोस्रो विकल्प : आफैले काम खोज्ने

अमेरिकामा आफैले रोजगारदाता खोज्न सक्ने सहभागीहरु पनि यो कार्यक्रमा सामेल हुन सक्छन् । यो विकल्प आफैले अमेरिकामा काम खोज्न पछि नपर्ने आफ्नो व्यवस्था आफै गर्न सक्ने फुर्तिला मानिसहरुको लागि भन्ने सम्झुन जरुरी छ ।  

 

आफैले काम खोज्ने विकल्प राज्ने सहभागीले अमेरिकामा राजगारदाताले काम दिएको बैधानिक कागतपत्रहरु पेश गर्नु पर्छ । तपाईँले साँच्चै नै काम पाउनु भएको हो कि होइन र तपाईँको विद्यार्थीको हैसियत कस्तो छ भन्ने कुरा प्रायोजक संस्थाले जाँच्छ । कार्यक्रमको नियमसँग तपाईँको रोजगारदाताले दिएको कामको मेल भएन भने वा विद्यार्थीको हैसियत (Status) प्रमाणित भएन भने प्रायोजक संस्थासँग दिइएको काम इन्कार गर्ने अधिकार हुन्छ ।

Back to Top

सर्तहरु

सहभागीहरुले यी सर्त पूरा गर्नु पर्छ । 

    • उमेर १९ देखि २८ वर्षबीच हुनु पर्छ (पूर्णकालिक, सामन्य अध्ययन वा शैक्षिक स्तरभन्दा भिन्न (extramural) वा आप्रवासी (non-resident student), पोस्ट ग्राजुयट र पीएचडी विद्यार्थीलाई पनि स्वीकार गरिन्छ )
    • अंग्रेजी भाषामा राम्रो दखल हुनु पर्छ ।
    • कम्तीमा मे २००७ सम्म लागू हुने बैध पासपोर्ट चाहिन्छ । 

 Back to Top

कार्यक्रमको अवधि

कार्यक्रमको अवधि रोजगारदाता र कामदारको रोजाइमा भर पर्छ । कार्यक्रम जुनमा सुरु हुन्छ र चार महिनामा सकिन्छ । त्यसपछि तपाईँको काम गर्ने अधिकार हुँदैन । तैपनि भिसाको म्याद नबढाइकन तपाईँ अमेरिकामा थप ३० दिन बस्न सक्नुहुन्छ ।

Back to Top

अमेरिका उडान

अमेरिका उडने मिति फरकफरक हुने, काम गर्ने ठाउँ पनि बेग्लाबेग्लै हुने र अमेरिकी दूतावासका काउन्सेलसँग भेटने समय पनि फरक हुने हुनाले कार्यक्रममा सहभागीहरुको लागि विमानको टिकट रिजर्भेसन गर्ने जिम्मा आईसीइएस साझेदारहरुले लिनु पर्छ । हरेक सहभागीको आआफ्नै प्रस्थान र आगमन समय हुन्छ । टिकटको मोल आईएटीएको दरभन्दा धेरै हुँदैन ।

Back to Top

बीमा

हरेक सहभागीको बीमा अमेरिका बसाइको समयभरिको लागि हुन्छ । यसभित्र स्वास्थ्य बीमा र दुर्घटना बीमा पनि पर्छ । भिसा आवेदन पत्रमा मिति उल्लेख गरिएको हुन्छ । भिसाको म्याद सकिनु अगावै बीमाको अवधि बढाउन नबिर्सनु होला ।

Back to Top

बस्ने व्यवस्था

विद्यार्थीहरुले बस्ने व्यवस्था आफै मिलाउँछन् । तर कहिलेकाहीँ रोजगारदाताले सहभागीहरुलाई बस्ने व्यवस्था गर्न सघाउँछन् । कसैले त आफ्नै तर्फबाट आवासको उपलब्ध गरिदिन्छन् । आवासको खर्च ठाउँअनुसार फरक हुनसक्छ । औसत कोठाभाडा एक जनाको महिनाको २०० देखि ३०० डलर पर्छ । यस्तो आवासको स्तर अलि माथि हुन्छ । धेरैजसो मामिलामा एयर कन्डिसन भएको पाँच जना बस्न मिल्ने तीन कोठे (Condo) हुन्छ । काम गर्ने ठाउँदेखि नजिकै उपयुक्त डेरा पाउनकालागि हामीले हाम्रा सहभागीहरुलाई सघाउँछौँ ।

 Back to Top

भ्रमण

no imageno image

सम्झौता सकिएपछि सहभागीहरु एक्लै वा नयाँ साथीसँग अमेरिका घुम्न सक्छन् । के हेर्ने, यात्राको तयारी कसरी गर्ने वा कार किरायामा लिने, लक्ष्यमा पुग्नेजस्ता कुरा थाहा पाउन इन्टरनेटमा हेर्न हामी सुझाव दिन्छौँ । तपाईँलाई एउटा शहरदेखि अर्को शहरमा आफैले ड्राइभ गर्न कार उपलब्ध गराउने कम्पनीहरु पनि तपाईँले पत्ता लगाउन सक्नु हुन्छ । कारको मालिककहाँ कार पुर्याउनका लागि यस्तो गरिन्छ । घुम्न लायकका धेरै ठाउँ छन । सबैले आफ्नो रुचिको कुनै न कुनै कुरा पाइहाल्छन् । अमेरिका विभिन्न ठाउँको मौसमको भिन्नताबारे पनि तपाईँले थाहा पाइराख्नु पर्छ । तर तपाईँले अनुभव गर्नु भएको कुरा तपाईँको सम्झनामा लामो समयसम्म ताजा रहन्छ । कहिलेकाहिँ विद्यार्थीहरु मेक्सिको घुम्न जान्छन्, किनकि J-1 भिसाले कानुनी रुपमा सीमा पार गर्ने अनुमति दिन्छ । समय कसरी सदुपयोग गर्ने भन्ने तपाईम नै भर पर्छ ।

Back to Top