अमेरिकामा शैक्षिक सत्र

प्रायोजक संस्थाहरू 

बितेका बीस वर्षमा संसारभरबाट हजारौँ विद्यार्थीहरूले अमेरिकन स्पन्सर संस्थाहरूले आयोजना गरेका असंख्य कार्यक्रमहरूमा भाग लिइसकेका छन् । तिनीहरूले चालिस भन्दा धेरै देशमा कार्यक्रम प्रायोजन गर्छन् । तिनीहरूको उच्च गुणस्तरको कार्यक्रमबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरू लाभान्वित हुन सक्छन् । प्रायोजन संस्थाहरूले १५ देखि १८ वर्षका किशोरहरू तथा विद्यार्थीहरूका लागि शैक्षिक कार्यक्रममा विशेषज्ञता हासिल गरेका छन् । उनीहरूको कर्मचारीमा हाम्रा सहभागीहरूलाई सहयोग गर्न इच्छुक अनुभवी व्यक्तिहरू छन् ।


आईसीइएस अमेरिकामा स्थित ख्यातिप्राप्त प्रायोजक संस्थाहरूमध्ये एउटा प्रायोजक संस्था हो । नाफा नकमाउने संस्थाको रूपमा यी प्रायोजक संस्थाहरू संसारभरिका विद्यार्थीका शैक्षिक आदानप्रदानका लागि जिम्मेवार छन् । वर्षौँको व्यापारिक गतिविधि र अनुभवले आईसीइएसले सार्वजनिक संस्था र असंख्य अमेरिकी स्कुलहरूमध्ये एउटा हुने मान्यता र स्वीकृति पाएको हो ।

 

Back to Top

J- 1 भिसा

J- 1 भिसा अ-आप्रवसन भिसा (non-emigration) हो । अन्तर्राष्ट्रिय आदानप्रदान कार्यक्रममा सहभागी विद्यार्थीहरूको लागि यो भिसा दिइन्छ । प्रायोजक संस्थाहरूमार्फत मात्रै यो भिसा पाउन सकिन्छ । यसलाई अमेरिकी सरकारले मान्यता दिन्छ । यो भिसा लिनेहरूले उनीहरूको कार्यक्रमअनुसार कार्यक्रमको अवधिमा अमेरिकामा काम गर्न, अध्ययन गर्न, कसैको सहायक भएर (apprenticeship) काम गर्न, लेक्चर गर्न वा अनुसन्धान गर्न सक्छन् । J- 1 भिसाले अमेरिकामा चार महिनासम्म काम गर्ने अनुमति दिन्छ । त्यो अवधि सकिएपछि सहभागीलाई थप तीस दिन अमेरिकामा बस्ने अनुमति दिइन्छ । यो अवधिभित्र तपाईँले अमेरिकी राज्यका सबै ठाउँ यात्रा गर्न सक्नुहुन्छ । यो तपाईँको रोजाइमा भर पर्छ । यो मल्टिपल भिसा भएको हुँदा DS-2019 को म्याद सकिनु अगावै तपाई मेक्सिको र क्यानाडा गएर अमेरिका फर्कन पनि सक्नुहुन्छ ।

 

Back to Top

सर्तहरू

अमेरिकी शैक्षिक वर्ष १५ देखि १८ वर्ष उमेरका किशोरहरूको लागि हो । आदानप्रदानको उद्देश्य अंग्रेजी भाषा सिक्नु मात्रै होइन । यो कार्यक्रमले युवाहरूलाई आफ्ना साथीहरूसँग केही समय बिताउने र विभिन्न आनीबानी, चालचलन र संस्कृतिसँग झ्यामिने/ परिचित हुने मौका दिन्छ । हरेक सहभागीलाई आवश्यक कागतपत्र उपलब्ध गराइन्छ र अंग्रेजी परीक्षा उत्तीर्ण गर्नु पर्छ । विद्यार्थीको स्वास्थ्यसम्बन्धी कागतपत्रहरू र शिक्षकद्वारा अनुमोदन गरिएका शैक्षिक गतिविधिका प्रमाणपत्रहरू अनिवार्य हुन्छ । कार्यक्रमका सर्त र नियमहरू स्वीकृत भएपछि संस्था र विद्यार्थीबीच सम्झौतामा सही गरिन्छ ।

आवश्यता
सहभागीले पूरा गर्नुपर्ने आवश्यकताहरू

 
  • उमेर १५ देखि १८.५ वर्ष बीच हुनु पर्छ ।

  • अंग्रेजी भाषामा राम्रो दखल हुनु पर्छ ।

  • निवेदन फार्ममा भएका सबै कुरा भर्नु/पूरा गर्नु पर्छ ।

  • प्रधान अध्यापकको सिफारिस पत्र हुनु पर्छ ।

  • भिसा आकारको ६ वटा र सामान्य आकारको ४ वटा फोटो हुनु पर्छ ।

  • स्वास्थ्य प्रमाणपत्र संलग्न हुनुपर्छ ।

  • कार्यक्रमका नियम र र्सतहरू पालन गर्नु पर्छ ।

  • कार्यक्रम सकिएपछि पनि ६ महिनासम्म म्याद भएको वैध राहदानी हुनु पर्छ ।

  • सबै आवश्यक कागतपत्र बुझाइसक्ने मिति निम्नअनुसार हुनु पर्छ :
     
    • विन्टर टर्म: सेप्टम्बर १ २००७ भन्दा पहिले

          • स्प्रिङ टर्म: एप्रिल १ २००७ भन्दा पहिले 

यो टर्मपछि सबै निवेदकहरूलाई बेग्लै विचार राखिने छ ।  

Back to Top

अमेरिकी हाई स्कुल

अमेरिकी स्कुलहरू पोल्याण्डका स्कुलहरूभन्दा फरक छन् । घोकेर पाठ कण्ठस्थ पार्नुभन्दा व्यावहारिक रूपमा सीपको विकास र विस्तार गर्ने कुरामा यहाँ जोड दिइन्छ । विद्यार्थीहरूले आफूले रुचाएको विषय रोज्छन् । उनीहरूलाई आफूले नचाहेको पाठ पढ्न बाध्य पारिँदैन । नियमित कक्षाका साथै कम्प्युटर क्लास, म्युजिक वा पत्रकारिता तालिमजस्ता विभिन्न कक्षा र क्लबहरूमा उनीहरू सहभागी हुन सक्छन् ।  

 

यदि तपाईँ खेल र शारीरिक व्यायामका गतिविधमा रुचि राख्नु हुन्छ भने खेल क्लबमा सामेल हुन र व्यावसायिक प्रशिक्षकको रेखदेखमा रहेर तालिम लिन सक्नु हुन्छ । हरेक काममा सामान्य स्वास्थ्य परीक्षण गर्नु आवश्यक हुन्छ । क्लबहरूमा सहभागी हुँदा तपाईलाई अमेरिकी किशोरहरूसँग मेलजोल गर्न पनि मद्दत गर्छ !  

अमेरिकामा स्कुल सत्र (School Year) को थालनी राज्य र क्षेत्रअनुसार फरकफरक हुन्छ । धेरैजसो राज्यमा अगस्ट महिनाको पछिल्लो समयमा वा सेप्टम्बरको पहिलो सातामा सुरु हुन्छ र मे वा जुनमा सकिन्छ । हाम्रा कार्यक्रमहरू सहभागीहरूलाई कृही यस्ता विकल्पहरू दिन्छन्::
    • फल सेमेस्टर
    • स्प्रिङ सेमेस्टर
    • वर्षौभरि चल्ने सत्र
 

सहभागीहरूले कुनै टर्म (सेमेस्टर) वा वार्षिक सत्रको प्रमाणपत्र पाउन सक्छन् । विद्यार्थीहरूले व्यक्तिगत रूपमा पाएका अंकहरूको जिम्मेवार हामी हुँदैनौँ । आफ्नो उपलब्धिका बारेमा निर्णय गर्ने तपाइँ मात्रै हो ।  

Back to Top

तपाइँको स्थानीय संयोजक

हाम्रा सहभागीहरूलाई सघाउनका लागि आफ्नै स्थानीय संयोकज हुन्छ । यस्तो व्यक्तिले आतिथेय परिवार (host family) मा हुन सक्ने आपत्कालीन मामला वा विवादमा तुरुन्तै र आवश्यक कदम चाल्ने जिम्मा लिएको हुन्छ । सहभागीको शैक्षिक प्रगति र आतिथेय परिवारका सदस्यहरूसँग सहभागीको सम्बन्धबारे मासिक रिपोर्ट लेख्ने काम पनि संयोजकले गर्छ । संयोजकले स्वयंसेवकको रूपमा प्रायः साँझ दिनभरिको अध्ययन वा काम सकेर यो काम गर्छ भन्ने कुरा कृपया सम्झनु होला ।

कुनै सहभागीले अमेरिकामा आफ्नो बसाइ लम्ब्याउन चाहृयो भने उसलाई अर्को सेमेस्टरको लागि ७०० डलर र बीमा शुल्क लाग्छ । (एक वर्षको कार्यक्रममा यो कुरा संभव हुँदैन ।) कार्यक्रमका खर्च बाहेक पकेट खर्च पनि लाग्छ भन्ने कुरा कृपया याद गर्नु होला । पकेट मनी २०० देखि २५० डलर पर्छ । पुस्तक, स्कुल जाने खर्च र अरू व्यक्तिगत आवश्यकताको लागि यो खर्च चाहिन्छ ।

यदि पैसा तिर्ने बारेमा वा कार्यक्रमकै बारेमा पनि तपाईँको कुनै प्रश्न छ भने हाम्रो कार्यालयमा वा हामो कुनै प्रतिनिधिसँग नि:संकोच सम्पर्क गर्नु होला । तपाईँले अनलाइन फार्म भर्न वा कुनै सन्देश पठाउन पनि सक्नु हुन्छ । हाम्रा कर्मचारीले सकेसम्म छिटो तपाईँसँग सम्पर्क गर्नेछ ।

Back to Top

तपाइँको आतिथेय परिवार 

तपाईँलाई पाहुना राखे बापत आतिथेय परिवारले पैसा पाउँदैन । विभिन्न संस्कृतिको बारेमा जान्न र विभिन्न देशका मानिसहरूसँग परिचित हुनका लगि उनीहरूले यो काम गर्छन् । उनीहरूको मुख्य काम तपाईँलाई बस्ने खाने व्यवस्था गर्नु हो । तपाईँको बसाइको अवधिमा तपाईँ परिवारको सदस्य बन्नु हुन्छ । परिवारभित्र हुने सबै दैनिक गतिविधिमा तपाईँले सक्रियातासाथ भाग लिनु हुन्छ । उनीहरूले मनाउने चार्डपर्व उत्सव इत्यादि मनाउनु हुन्छ र उनीहरूसँग घुमघाम पनि गर्नु हुन्छ । हाम्रा सहभागीहरूको लागि एकदम सुहाउने परिवार खोज्नु भन्दा पहिले हामीले उनीहरूको रुचि अथवा प्रथमिकताहरूको बारेमा सोध्छौँ ।

अमेरिकामा बसिरहका आप्रवासीहरूमध्ये अधिकांश मानिस त्यहीँ जन्मेका हुन भन्ने कुरा नबिर्सनुहोला ।
 

Back to Top

यात्रा र बीमाno image

सहभागीहरू अमेरिका पुगेपछि प्रायोजक संस्थाका प्रतिनिधिहरूले उनीहरूवलाई एयरपोर्टमा लिन आउँछन् । भ्रमण व्यवस्था सजिलो बनाउन हामीले हवाइजहाजको टिकट ग्रपमा बुक गर्न र किन्न सहयोग गर्र्छौँ । यसरी हामीले तपाईँको पूरै यात्राको समन्वय गर्न सक्छौँ । अमेरिको बसाइमा हाम्रा सहभागीहरूको पूरा स्वस्थ्य बीमा गरिन्छ । यो बीमाले औषधी उपचार, व्यक्तिगत चोटपटक र मालसामानको हानी नोक्सानीको सबै खर्च समेट्छ ।  

 

अमेरिकी हाई स्कुलहरू कस्ता हुन्छन् भन्ने हेर्न चाहनु हुन्छ ?
ढिलो नगर्नुस्, हामीसँग सम्पर्क गर्नुस् अनि भिन्नता अनुभव गर्नुस् ! 

Back to Top