आफ्नै बारे

आईसीइएस युरोप (ICES EUROPE) सामान्य शैक्षिक संस्था मात्रै होइन । देशका सीमानाको बन्देजरहित तथा विश्वमा सबैका लागि राम्रो स्थान बनाउने यो एउटा नयाँ खालको परियोजना हो । हामीसँग मात्रै तपाईँले विर्सनै नसकिने क्षणहरूको अनुभव गर्न सक्नु हुनेछ । तपाई अमेरिकाका सबैभन्दा रमाइला ठाउँहरू घुम्नु हुनेछ र तपाईँले अरू देशमा दैनिक जीवन बिताउने अवसर पाउनु हुनेछ । स्थानीय एजेन्टहरूको आफ्नै खालको र सदा सजग संजाल तथा प्रतिनिधिको कारणले हामीले युरोप र एशियाका सबै देशहरूमा विद्यार्थीहरूलाई भर्ना गर्न सक्छौँ । विदेशमा बसेर शिक्षा हासिल गर्दागर्दै नयाँनयाँ क्षमता र सीप विकास गर्न चाहनेहरूको आवश्यकता पूरा गर्नु हाम्रो मुख्य लक्ष्य हो । हामी आफूलाई एउटा मात्रै काममा सीमित राख्न चाहन्नौँ । हामी आफ्ना सहभागीहरूलाई यात्राको हरेक कदममा सघाउँछौँ । हाम्रा कार्यक्रमहरूले व्यवहारलाई खुशीसँग मिसाउने र विश्वभरिका सांस्कृतिक विविधताको अनुभव गराउने अवसर दिन्छन् ।
 

हामीसँग मिलेर काम गर्नुहोस् र अनन्त संभावनाहरूको खोजी गर्नुहोस् ।

आईसीइएस युरोपका संस्थापकहरूः
no image

 
आईसीइएस एउटा नाफा नकमाउने संस्था हो । यो अन्तर्राष्ट्रिय चेतना र सांस्कृतिक विविधताको समझदारी बढाउँदै शान्तिपूर्ण विश्वको प्रवर्द्धनमा समर्पित संस्था हो । निरन्तर एकआपसमा निर्भरता बढिरहेको र परिवर्तन भइरहेको विश्वमा युवाहरूले विश्व समूदायको सदस्यको हैसियतले असंख्य समस्याहरू भोग्नु परिरहेको छ । विभिन्न देशको भ्रमणले उनीहरूलाई नयाँनयाँ अवसरहरू पत्ता लगाउन र आफ्नो लक्ष्य हासिल गर्न सघाउँनेछ भन्ने हाम्रो विश्वास छ ।
 

आईसीइएसले युवाहरूलाई जीवनमा एउटा अभियान गर्ने अवसर प्रदान गर्छ - पहिले अरूलाई चिन्ने अनि आफूलाई चिन्ने अवसर । नयाँनयाँ भाषा सिक्ने, विभिन्न देशमा घुम्ने र विविध संस्कृतिहरू चिन्ने मेसोमा आईसीइएसका विद्यार्थीहरूमा आजीवन नमेटिने ज्ञान हासिल गर्ने संस्कारको विकास हुन्छ ।  


no image
सुरुमा युथ एक्स्चेन्ज सेन्टर विद्यार्थीहरूको समाज थियो । तर हामीले हमेसा आफ्नो विकास गर्न चाहृयौँ । हामीले विभिन्न खेल तथा पर्वतीय संस्थाहरूसँग मिलेर काम गर्यौँ । अहिले हामी आफ्ना ग्राहकहरूलाई शैक्षिक कार्यक्रमहरू उपलब्ध गराउने, विदेशमा कामको अनुभव दिलाउने साथै अरू कम्पनीहरूका लागि व्यावसायिक प्रशिक्षण दिने विशेष बनेका छौँ । संसारभरि कठिन खेल अभियानमासमेत सघाउँछौँ । (खोजी गर्नुभन्दा धरै) ।

युथ एक्स्चेन्ज सेन्टर गतिशील र तीव्रगतिले बढिरहेको कम्पनी हो । नयाँ सिकारुहरूलाई विदेशमा अल्पकालीन काम गर्ने व्यवस्था मिलाउने र कामको अनुभव दिलाउने कार्यक्रम आयोजना गर्ने काममा यसले विशेषज्ञता हासिल गरेको छ । पूर्वी युरोपका विभिन्न देशमा हामीले काम गरिरहेका छौँ जहाँ हाम्रा साझेदारहरूसँगसँगै हामीले शैक्षिक वर्ष अध्ययन तथा काम र यात्राजस्ता कार्यक्रमहरूबाट सांस्कृतिक आदानप्रदानलाई लोकप्रय बनाउने कोशिस गर्र्छौँ। युवाहरूको लागि देशहरूको सीमा खुला गर्नु र उनीहरूमा नयाँनयाँ काम गर्न उत्साह जगाउनु हाम्रो मूल लक्ष्य हो ।